रूपमतीमा हामी नेपाली नमूने घरको पेचीलो र औंपदेशिक विश्लेषण पाउछौ । हामिले घर-सुधार विर्सेर वन सुधारमा ज्यादा प्रवृत्ति देखाउने युगमा, घरको सच्चा दशा, यस जीवनको महत्वपूर्ण विकास-यस जीवनको महत्वपूर्ण विकास-स्थल र पाठशालाको मुटुका रोगहरू र तिनको निवारण तर्फो औषधीको औल्याई – यस तर्फहाम्रो ध्यान आकर्षा गरेर सच्चा चेत जागृत गराउने सफल चेष्टा लिएको यो पुस्तक आहृदक , उपदेशक, उत्साहदायक प्रमाणित छँदैछ। त्यस ऊपर यसलाई नेपाली गद्यशैलीको इतिहासमा एक नयाँ उज्यालो र नहिडिएको वाटो देखाउने चीज संझनु पर्दछ । यसले साहित्यलाई घरमा ल्याउछ । घर तर्फसुधारकको आँखा फर्काउछु आर्दर्शको दिव्य प्रभाव तर्फहृदय लकाउँछु । साहित्यको स्वरुपमा यो प्रदान छ । बोलचालको भाषा विकासमा पहिलो रामै कदम छ । यो पढेर स्वदेशि भाव चर्को बन्दछ । नैतिकताको ढाड भएको साहित्य जनताको घरमा पढिने र बुझिने हामीलाई चाहिएको थियो । अरु चाहिएको छ । यो सरल तरल उपन्यास प्रत्यक नेपाली साहित्यप्रमीले पढ्न लायक छ । र प्रत्यक नरनारीले मनोरञ्जन या उपदेशको रुपमा स्तमाल गरिनलाई सुयोग वस्तु संझन्छ । अरु ज्यादा किन –