Books

Roopmati

When Pandit Chhabilal’s son Habilal was 9 years old, he got married to 6 year old Rupamati. Rupamati is the only daughter of Mohan Prasad Luitel. He is a good man at heart and could rarely do any harm to anyone. Her mother-in-law Ugra Chand Chotha is miserable and temperamental and tortures Rupamati. Having learned patience and endurance from her mother, Rupamati quietly endures her mother-in-law’s circus behavior in tears. The novel presented a portrait of an ideal Nepali woman.

Chappakaji

मातृभाषाको साहित्य- बागलाई किसिम किसिमका फूलले सिँगार्ने अभयले नेपाली भाषा प्रकाशिनी समितिबाट भिन्नभिन्न विषयक २४ पुस्तक तयार गर्ने तजवीज गरिएकोमा प्रस्तुत पुस्तक तिनैमध्येको एउटा सानो उपन्यास हो । साहित्यमा उपन्यासको कस्तो महत्त्वपूर्ण स्थान छ, पाठकहरूलाई थाहै छ ।
यो पुस्तक लेखकको द्वितीय प्रयासको फल हो । यसमा संसारमा धनी मानिस कुसङ्गतमा परी कुलतमा लागेपछि कसरी बिग्रन्छन् त्यसको एउटा सविवरण फोटो खिच्ने कोशिश गरेको छु । फेरि असल सङ्गतमा पर्दा कसरी बिग्रिसकेको मानिस पनि सप्रन सक्तछ, दोस्रो भागमा देखाउने उद्योग गरिनेछ ।

ग्रन्थका पात्रहरूका मुखमा बोलचालको जस्तो बोली हुनुपर्दछ, त्यस्तो बोली दिन भरमकदूर कोशिश गरेको छु । बालकदेखि बूढासम्म सबैले बुझ्न सकून् भन्ने पनि यो शैलीको अर्को मुख्य उद्देश्य हो । आशा छ, मेरो रूपमतीमा परेको श्रद्धालु पाठकपाठिकाहरूको नजर यसमा पनि पन्यै छ ।

अन्ततः यो किताब श्री बडाकाजी मरिचिमान सिंले जाँच्नुभई ने. भा. प्र. समितिमा रायसमेत दिनुभएकोले उहाँलाई मेरो हार्दिक धन्यवाद छ ।